काठमाडौँ। डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा एक कार्यक्रममा प्रहरी दमन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।
शनिबार दिउँसो १२ बजे डा. केसीको समर्थनमा आयोजित एक कार्यक्रममा प्रहरीले बलजफ्ती गरी रोकेको भनी प्रितम सुवेदी, पुकार बम, सचिन तिमल्सेनासहितले जिल्ला प्रशासन कार्यालय, काठमाडौँविरुद्ध उजुरी दिएका हुन्।
‘प्रहरीले बलजफ्ती गाडीमा हालेको’ र ‘गाडीमा हाल्दा कुनै पनि स्वास्थ्य प्रोटोकल पालना नगरेको’ पनि उक्त उजुरीमा उल्लेख गरिएको छ। त्यस्तै, पक्राउको कारण माग्दा कुनै पनि कारण नदिएको, अमानवीय तरिकाले अनशनरत अभियन्ताहरूमाथि बल प्रयोग गरेको तथा शारीरिक र मानसिक तनाव दिएको उजुरी पत्रमा उल्लेख गरिएको छ।
दोषीमाथि विभागीय कारवाहीको मागसहित आयोगमा उक्त उजुरी दर्ता गरिएको हो।
" /> काठमाडौँ। डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा एक कार्यक्रममा प्रहरी दमन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।शनिबार दिउँसो १२ बजे डा. केसीको समर्थनमा आयोजित एक कार्यक्रममा प्रहरीले बलजफ्ती गरी रोकेको भनी प्रितम सुवेदी, पुकार बम, सचिन तिमल्सेनासहितले जिल्ला प्रशासन कार्यालय, काठमाडौँविरुद्ध उजुरी दिएका हुन्।

">