काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजनीतिज्ञ मात्र होइनन्, उनी एक व्यापारी पनि हुन्। उनको कुल सम्पत्ति २.१ अर्ब डलर रहेको छ। तर उनले पछिल्ला १५ वर्षमा १० वर्षको कुनै कर तिरेका छैनन्। यही कारण निर्वाचनको संघारमा उनले कर छलेको आरोप लागेको छ।

२०१६ र २०१७ मा उनले केवल ७५० डलर कर तिरेका थिए। उक्त अवधिमा उनले ४२ करोड डलर कमाएका थिए। कोरोना संक्रमणका कारण उनको सम्पत्तिमा एक अर्ब डलर गिरावट आएको छ।

उनले पछिल्ला कयौं वर्ष आफूले बुझाएको करका विषयमा बोलेका छैनन्। यतिमात्र होइन, उनी आफ्नो कर विवरण लुकाउन कानुनी लडाइँमा लागेका छन्।

ट्रम्को भनाइअनुसार अहिले उनको करबारे अडिट चलिरहेको छ। न्यूयोर्क टाइम्समा छापिएको रिपोर्ट भन्छ- राष्ट्रपति ट्रम्प आफ्नो व्यावसायिक साम्राज्यमा ठूलो घाटा देखाएर कर छल्ने प्रयासमा छन्।

२०१८ मा आफूलाई ४७४ लाख डलर नोक्सान भएको उनको दाबी छ। सोही वर्ष उनले आफ्नो आम्दानी ४३ करोड ४९ लाख डलर आय भएको देखाएका थिए। उनले व्यापारमा ठूलो नोक्सान देखाएर ७.२९ करोड डलर कर फिर्ता लिएका थिए।

यही विषयमा पछिल्लो एक दशकदेखि उनी कानुनी लडाइँ लडिरहेका छन्। उनले यो लडाइँ हारे भने १० करोड डलर तिर्नुपर्ने छ।

राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सको समाचारलाई पूर्णरूपमा गलत बताएका छन्। आफूले कानुनअनुरूप कर तिरेको र त्यो अब फिर्ता हुने दाबी गरेका छन्। ट्रम्पका वकील एलेन गार्टेनले पनि समाचारमा कुनै तथ्य नरहेको बताएका छन्।

ट्रम्पले कर छलेको र आम्दानी लुकाएको समाचार यस्तो समय आयो कि जब मंगलबार ‘प्रेसिडेन्सियल डिबेट’ हुँदैछ। अमेरिकामा नोभेम्बर ३ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। यस्तो समय राष्ट्रपतिले कर छलेको समाचार आउँदा अमेरिकामा ठूलो चर्चा हुन थालेको छ।

अमेरिकामा एक मध्यमवर्गीय परिवारले पनि औसतमा १४ हजार डलर कर तिर्छन्। ट्रम्प ठूला कारोबारी हुन्। यही कारण पनि उनले बुझाएको करको आयतनमाथि मानिसले विश्वास गर्न सकिरहेका छैनन्।

(एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजनीतिज्ञ मात्र होइनन्, उनी एक व्यापारी पनि हुन्। उनको कुल सम्पत्ति २.१ अर्ब डलर रहेको छ। तर उनले पछिल्ला १५ वर्षमा १० वर्षको कुनै कर तिरेका छैनन्। यही कारण निर्वाचनको संघारमा उनले कर छलेको आरोप लागेको छ।

२०१६ र २०१७ मा उनले केवल ७५० डलर कर तिरेका थिए। उक्त अवधिमा उनले ४२ करोड डलर कमाएका थिए। कोरोना संक्रमणका कारण उनको सम्पत्तिमा एक अर्ब डलर गिरावट आएको छ।

उनले पछिल्ला कयौं वर्ष आफूले बुझाएको करका विषयमा बोलेका छैनन्। यतिमात्र होइन, उनी आफ्नो कर विवरण लुकाउन कानुनी लडाइँमा लागेका छन्।

ट्रम्को भनाइअनुसार अहिले उनको करबारे अडिट चलिरहेको छ। न्यूयोर्क टाइम्समा छापिएको रिपोर्ट भन्छ- राष्ट्रपति ट्रम्प आफ्नो व्यावसायिक साम्राज्यमा ठूलो घाटा देखाएर कर छल्ने प्रयासमा छन्।

२०१८ मा आफूलाई ४७४ लाख डलर नोक्सान भएको उनको दाबी छ। सोही वर्ष उनले आफ्नो आम्दानी ४३ करोड ४९ लाख डलर आय भएको देखाएका थिए। उनले व्यापारमा ठूलो नोक्सान देखाएर ७.२९ करोड डलर कर फिर्ता लिएका थिए।

यही विषयमा पछिल्लो एक दशकदेखि उनी कानुनी लडाइँ लडिरहेका छन्। उनले यो लडाइँ हारे भने १० करोड डलर तिर्नुपर्ने छ।

राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सको समाचारलाई पूर्णरूपमा गलत बताएका छन्। आफूले कानुनअनुरूप कर तिरेको र त्यो अब फिर्ता हुने दाबी गरेका छन्। ट्रम्पका वकील एलेन गार्टेनले पनि समाचारमा कुनै तथ्य नरहेको बताएका छन्।

ट्रम्पले कर छलेको र आम्दानी लुकाएको समाचार यस्तो समय आयो कि जब मंगलबार ‘प्रेसिडेन्सियल डिबेट’ हुँदैछ। अमेरिकामा नोभेम्बर ३ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। यस्तो समय राष्ट्रपतिले कर छलेको समाचार आउँदा अमेरिकामा ठूलो चर्चा हुन थालेको छ।

अमेरिकामा एक मध्यमवर्गीय परिवारले पनि औसतमा १४ हजार डलर कर तिर्छन्। ट्रम्प ठूला कारोबारी हुन्। यही कारण पनि उनले बुझाएको करको आयतनमाथि मानिसले विश्वास गर्न सकिरहेका छैनन्।

(एजेन्सीहरुको सहयोगमा)

"> के ट्रम्पले साँच्चै कर छलेका छन् ? : Dekhapadhi
के ट्रम्पले साँच्चै कर छलेका छन् ?
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजनीतिज्ञ मात्र होइनन्, उनी एक व्यापारी पनि हुन्। उनको कुल सम्पत्ति २.१ अर्ब डलर रहेको छ। तर उनले पछिल्ला १५ वर्षमा १० वर्षको कुनै कर तिरेका छैनन्। यही कारण निर्वाचनको संघारमा उनले कर छलेको आरोप लागेको छ।

२०१६ र २०१७ मा उनले केवल ७५० डलर कर तिरेका थिए। उक्त अवधिमा उनले ४२ करोड डलर कमाएका थिए। कोरोना संक्रमणका कारण उनको सम्पत्तिमा एक अर्ब डलर गिरावट आएको छ।

उनले पछिल्ला कयौं वर्ष आफूले बुझाएको करका विषयमा बोलेका छैनन्। यतिमात्र होइन, उनी आफ्नो कर विवरण लुकाउन कानुनी लडाइँमा लागेका छन्।

ट्रम्को भनाइअनुसार अहिले उनको करबारे अडिट चलिरहेको छ। न्यूयोर्क टाइम्समा छापिएको रिपोर्ट भन्छ- राष्ट्रपति ट्रम्प आफ्नो व्यावसायिक साम्राज्यमा ठूलो घाटा देखाएर कर छल्ने प्रयासमा छन्।

२०१८ मा आफूलाई ४७४ लाख डलर नोक्सान भएको उनको दाबी छ। सोही वर्ष उनले आफ्नो आम्दानी ४३ करोड ४९ लाख डलर आय भएको देखाएका थिए। उनले व्यापारमा ठूलो नोक्सान देखाएर ७.२९ करोड डलर कर फिर्ता लिएका थिए।

यही विषयमा पछिल्लो एक दशकदेखि उनी कानुनी लडाइँ लडिरहेका छन्। उनले यो लडाइँ हारे भने १० करोड डलर तिर्नुपर्ने छ।

राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सको समाचारलाई पूर्णरूपमा गलत बताएका छन्। आफूले कानुनअनुरूप कर तिरेको र त्यो अब फिर्ता हुने दाबी गरेका छन्। ट्रम्पका वकील एलेन गार्टेनले पनि समाचारमा कुनै तथ्य नरहेको बताएका छन्।

ट्रम्पले कर छलेको र आम्दानी लुकाएको समाचार यस्तो समय आयो कि जब मंगलबार ‘प्रेसिडेन्सियल डिबेट’ हुँदैछ। अमेरिकामा नोभेम्बर ३ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। यस्तो समय राष्ट्रपतिले कर छलेको समाचार आउँदा अमेरिकामा ठूलो चर्चा हुन थालेको छ।

अमेरिकामा एक मध्यमवर्गीय परिवारले पनि औसतमा १४ हजार डलर कर तिर्छन्। ट्रम्प ठूला कारोबारी हुन्। यही कारण पनि उनले बुझाएको करको आयतनमाथि मानिसले विश्वास गर्न सकिरहेका छैनन्।

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्