बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ
सप्तरी। सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन्।

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३, भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५, पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ भदौ २७ गते आरोपितहरूलाई जनही १० दिनको कैद ५०० रूपैयाँ जरिवानाको फैसला गरेकाे थियाे। फैसलापछि अभियुक्तहरू फरार थिए।

आरोपितहरूले ०७३ वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएकी थिइन्।

प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराएकी थिइन्। रासस

प्रतिक्रिया दिनुहोस्