चितवन। बाघको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका-६ का ५५ वर्षीय बबना चौधरी छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो।
हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ। जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको रामले जानकारी दिए।
बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।
शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ।
यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो। आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएर कसरामा राखेको छ। रासस
" /> चितवन। बाघको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रत्ननगर नगरपालिका-६ का ५५ वर्षीय बबना चौधरी छन्।

">