काबुल। अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरूलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ।
अन्तर-अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी वार्ताटोलीका सदस्य खैरुल्लाह खैरख्वाले आफूहरू संयुक्तराज्य अमेरिकासँग भएको सम्झौता बमोजिम अफगान सरकारसँग वार्तामा बसेको स्पष्ट गर्दै तर अफगान सरकार वार्ताप्रति गम्भीर नदेखिएको बताए।
उनले गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच भएको सम्झौतालाई मान्यता दिन अफगान सरकारले हिच्किचाइरहेको बताए।
उनले भने, “विवादको चुरो भनेकै अफगान सरकारले तालिबान-अमेरिकाबीचको सहमतिलाई बेवास्ता गर्न खोज्नु हो।”
तालिबान-अमेरिकाबीचको सम्झौताले अन्तर-अफगान वार्ताका लागि ढोका खोलेको थियो। सम्झौताबमोजिम एक अर्काका कब्जामा र जेलमा रहेका युद्धबन्दीहरू मुक्त गरिएका थिए।
केही महिनाको ढिलाइका बाबजुद अफगान सरकार र तालिबानबीच शान्तिवार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ। तर, दुवै पक्षबीच वार्ता सुरु भए पनि अफगानिस्तानमा हिंसात्मक घटना जारी रहेका छन्।
यसैबीच अफगान शान्तिवार्ताबारे पाकिस्तानी उच्च पदाधिकारीसँग छलफल गर्न अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाह सोमबार पाकिस्तानको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका छन्।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार अब्दुल्लाहका साथ उच्चस्तरीय अफगान प्रतिनिधिमण्डल रहनेछ। अब्दुल्लाहले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नेछन्। रासस-एएनआई
" /> काबुल। अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरूलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ।अन्तर-अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी वार्ताटोलीका सदस्य खैरुल्लाह खैरख्वाले आफूहरू संयुक्तराज्य अमेरिकासँग भएको सम्झौता बमोजिम अफगान सरकारसँग वार्तामा बसेको स्पष्ट गर्दै तर अफगान सरकार वार्ताप्रति गम्भीर नदेखिएको बताए।

">