काठमाडौं। मुस्कानमा एउटा आक्रोश छ। जुन उनको अनुहारमा बेलाबखत झल्किन्छ।

यो आक्रोश त्यतिबेला देखिन्छ जब कसैले ‘एसिड’को नाम लिन्छ। अनि, उनका हातगोडा काँप्छन्। फेरि एकैछिनमा मुस्कानको अनुहारमा मुस्कान आउँछ।

यस्तै भयो जब उनी देखापढीसँग कुराकानी गर्दै थिइन्।

“अब अपराधीले एसिडको सीसी समात्न सक्ने छैनन्,” मुस्कानको अनुहारमा मुस्कान फिर्ता भइसकेको थियो।

“किन त ?”

“नयाँ कानुनले हामीलाई विजयी गराएको छ,” उनको मुहारमा चमक थपियो।

०००

२०७६ भदौ २० गते।

मुस्कान खातुन विद्यालय जाँदै थिइन्। यो वीरगन्ज शहरको कुरा। उनलाई दुईजना किशोरले पछ्याई रहेका थिए। उनीहरूले उनलाई पानी खान आग्रह गरे। उनले मानिनन्।

उनलाई पछि मात्र थाहा भयो- ती दुई किशोरले पानी भनेर एसिड दिएका थिए।

दुईजना किशोरले पछ्याई नै रहे। उनी केही अघि मात्र बढेकी थिइन् ,उनीहरूले त्यही बोतल खोलेर उनलाई छ्यापे।

मुस्कानका सहनै नसक्ने पीडा भयो। शरीरमा कसैले आगो लगाई दिएजस्तो। भतभती पोल्यो। उनी चिच्याइन्। के कसो भएको हो उनले ठम्याउनै सकिनन्। छाला कालो हुन थाल्यो। छुन खोज्दा मासु नै भूइँमा झर्‍यो।

अनि मुस्कान बेहोस भइन्।

होसमा आउँदा उनी कीर्तिपुर अस्पतालमा थिइन्।

मुस्कानले एसिडबारे विज्ञानको किताबमा पढेकी थिइन्। एसिड प्रहार भएका घटना कहिलेकाहीं सुनेकी पनि थिइन्। तर, आफैंमाथि यस्तो विभत्स घटना होला, उनले कहिल्यै सोचेकी थिइनन्।

“एसिडले कति पोल्छ तपाईं कल्पनै गर्न सक्नुहुन्न। त्यो क्षण कति पीडा भयो म शब्दले व्यक्त गर्न सक्दिनँ,” एक वर्षअघिको त्यो कालो दिन सम्झँदा मुस्कानको आँखा ओभानै रहन सकेनन्।

मुस्कानको उपचार सुरु भयो। पहिलो अप्रेसनमा पैसाको तनाव भएन। धेरैले सहयोग गरे। अप्रेसन एकपटक गरेर हुँदैनथ्यो।

दशौंपटक गर्नुपर्थ्यो। त्यसपछि अप्रेसनको लागि पैसाको जोहो कसरी गर्ने भन्ने तनाव उनी र उनको परिवारलाई भयो। जेनतेन उपचार भयो। बलिउड महानायक अमिताभ बच्चनदेखि सामान्य नेपालीहरूले उनको उपचारमा सघाए।

छोरीले किन यस्तो भन्दै थिइन् आमाबाबुले बुझिसकेका थिए। उनका आमाबुबाले तातोपानीको वाफले ऐना धमिलो बनाई दिए। त्यो दिन मुस्कानले ऐनामा लागेको तातो पानीको वाफ पुछेर ऐना हेरिन्। एकछिन हेरेको हेर्‍यै भइन्। अनि भित्ता समाइन् र रोइन्।

तीन महिनापछि ऐना अगाडि

एसिडले मुस्कानको अनुहारको दायाँपटृि भाग, घाँटी, र हातमा ठूलो क्षति गरेको छ। दायाँ कान त काटेर फाल्नु पर्‍यो।

अहिलेसम्म मुस्कानको चारवटा अप्रेसन भइसक्यो। अझै थुप्रैपटक अप्रेसन गर्न बाँकी छ। अझै १२ वर्ष उपचार गर्नुपर्छ भनेर चिकित्सकले मुस्कानलाई भनेका छन्।

यो बीचमा मुस्कानले पढ्न पाएकी छैनन्। उपचारको लागि आमाबुबा काठमाडाैंमा बस्नु पर्दा मुस्कानको बुबाले रोजगारी पनि गुमाएका छन्। मुस्कानका दुई भाइ र एक बहिनीले पनि पढ्न पाएका छैनन्।

“म अब पढ्छु। डाक्टर बन्छु। मानिसको ज्यान बचाउँछु,” मुस्कानमा पढाइप्रतिको रूचि झन् बढेर आएको छ।

मुस्कानलाई लामो समयसम्म उनका आमाबुबाले बाथरुममा एक्लै पठाउँदैन्थे। छोरीले बाथरुममा ऐना हेर्छे भनेर। तीन महिनापछि एक दिन मुस्कानले जसरी पनि आफ्नो अनुहार हेर्ने विचार गरिन्।

उनले आमाबुबालाई भनिन्, “म बाथरुम जान्छु।”

छोरीले किन यस्तो भन्दै थिइन् आमाबाबुले बुझिसकेका थिए। उनका आमाबुबाले तातोपानीको वाफले ऐना धमिलो बनाई दिए। त्यो दिन मुस्कानले ऐनामा लागेको तातो पानीको वाफ पुछेर ऐना हेरिन्। एकछिन हेरेको हेर्‍यै भइन्।

अनि भित्ता समाइन् र रोइन्।

“मुस्कान त यो सोच कि तेरो अनुहारको यो दाग त जन्मँदै थियो। यो दाग सुन्दर छ। तैँले यो दागसँगै अघि बढनुपर्छ,” आमाले उनलाई साहस दिइन्।

त्यो दिनदेखि मुस्कान ऐना हेरेर अहिलेसम्म रोएकी छैनन्।

मुस्कानले आफ्नो आमाबुबा छोरीको उपचार कसरी गर्ने भनेर तड्पिरहेको देखेकी थिइन्। उनलाई लाग्थ्यो, “प्रधानमन्त्रीलाई भेट्न पाए कुरा राख्थें।”

मुस्कानले अहिले राम्रोसँग बुझेकी छन्, “एसिडले पोलेको दाग मेरो शक्ति हो।”

उनी रोकिइनन्, थपिन्, “अपराधी हामीबाट हाम्रो सुन्दरता खोसेर हामीलाई असफल बनाउन चाहन्छ। दाग मेरो कारणले होइन एउटा अपराध गर्ने मानसिकताको मानिसले गर्दा भएको हो। त्यसैले म होइन बन्द कोठामा एसिड छ्याप्ने मानिस बस्नु पर्छ।”

मुस्कान धर्मले मुस्लिम हुन्। मुस्लिम संस्कारअनुसार महिलाले बुर्का लगाउनु पर्छ। तर, मुस्कान एसिडले बनाएको दाग बुर्काले छोप्न चाहन्नन्।

“म मुस्लिम हुँ। हाम्रो संस्कारमा बुर्का लगाउनु पर्छ। तर, म मेरो दाग दुनियाँलाई देखाउन चाहान्छु। त्यसकारण बुर्कालाई सम्मान गर्छु तर दाग देखाउने ठाउँमा लगाउदिनँ,” उनले निर्णय लिइसकेकी छन्।

सुरुमा मुस्कानलाई एसिड खुवाएर मार्न खोजिएको थियो। त्यो सम्भव नभएपछि एसिड छ्यापिएको थियो।

“मलाई अल्लाहले बचाउनु भयो। अल्लाहले समाजका लागि राम्रो गरोस् भनेर मलाई एसिड खानु पर्ने अवस्थाबाट बचाउनु भयो,” अबको बाटो उनले सोचिसकेकी छन्।

जातभात केही हुँदैन- यो मुस्कानको विश्वास हो।

उनी भन्छिन्, “अस्पतालको बेडमा छटपटाउँदा अप्रेसनका लागि पटक-पटक रगत चाहिएको थियो। त्यो रगतदान कसले गर्‍यो थाहा छैन। यत्ति मलाई थाहा छ- त्यो रगत रातो थियो।”

जातभातको कुराले उनको मन पोल्छ। सहयोगलाई मानिसको धर्म मान्छिन् उनी। उनी थप्छिन्, “पौने तीन करोड नेपाललीले मुस्कानलाई बचाएको हो।”

मुलुकी अपराध संहिताको दफा १९२ मा भएको व्यवस्था संशोधन गरी शरीरका अंगभंग वा क्षति भए २० वर्ष कैद र १० लाख रूपैयाँ जरिवाना गर्ने प्रावधान थपिएको छ।

फितलो कानुन

अस्पतालको बेडले मुस्कानलाई मुस्काउन मात्र सिकाएनन्, केही कानुनी ज्ञान पनि दियो। एसिडसम्बन्धी कानुनी व्यवस्था के छ उनले त्यहीँ बुझिन्।

उनलाई लाग्यो, “कानुन त निकै फितलो रहेछ।”

बढीमा आठ बर्ष जेल सजाय। त्यो पनि अनुहार र शरीरमा दाग हेरेर सजाय दिइने। ५० हजार देखि एक लाख सम्म जरिवाना।

एक्लै बस्दा उनका मनमा अनेक प्रश्नहरू छाल जसरी आउँथे- बिनागल्ती हाम्रो अनुहार कुरुप बनाउने कोही, अनि १२ वर्ष उपचार गर्नु पर्ने हामीले ? अपराधी दिनरात गनेर तीनचार वर्षमै छुट्ने, हामीले जीवनभर दाग लिएर बस्नुपर्ने?

मुस्कानले एक दिन मिडियामा भनिन्, “म प्रधानमन्त्रीलाई भेट्न चाहान्छु।”

मुस्कानको यो इच्छा महान्याधिवक्ता अग्नि खरेलको कानमा पर्‍याे। खरेलले नै मुस्कानलाई फोन गरे र प्रधानमन्त्री केपी ओली शर्मासँग भेट गर्ने तारतम्य मिलाई दिए।

प्रधानमन्त्री ओलीले गत भदौ २५ गते गृह मन्त्रालय र कानुन मन्त्रालयका अधिकारी, एसिड अपराधविरुद्ध क्रियाशील अभियन्ता र पीडितलाई बालुवाटारमै बोलाएर प्रतिबद्धता जनाए, “सरकारले छिट्टै कठोर सजाय हुने गरी कानुन तर्जुमा गर्छ।’

मुस्कानले उक्त प्रतिबद्धता आउनु  एक साताअघि नै प्रधानमन्त्रीलाई भेटेकी थिइन्। मुस्कानको कुरा सुनेर प्रधानमन्त्री भावुक भएका थिए। त्यतिबेलै उनलाई लागेको थियो, “पक्कै पनि कानुन कडा बन्छ।” नभन्दै कानुन त्यस्तै पाइन् उनले, जुन अध्यादेशमार्फत् आउने क्रममा छ।

कुनै काम गर्दा वा त्यस्तो कामको परिणाम स्वरूप कसैका दुवै आँखा र कान जली वा क्षति भई पूर्ण रूपमा दृष्टि गुमे र सुन्ने शक्ति नष्ट भए, नाक जली वा क्षति भई काम नलाग्ने भए, अनुहार पूर्णरूपमा जली वा क्षति भई कुरूप भए, महिलाका दुवै स्तन जली वा क्षति भई काम नलाग्ने भए वा कसैको यौनांग जली वा क्षति भई नासिए त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद र १० लाख रूपैयाँ जरिवाना हुनेछ।

मुस्कानलाई नयाँ कानून कहिले पढुँ जस्तो भएको छ। मस्यौदा त उनले पढिसकिन्। अध्यादेशमार्फत् कानुनको रूप लिएपछि उनले पुनः पढ्ने छिन्। उनले प्रधानमन्त्रीलाई आफ्नो र आफूजस्तै अरूको पीडा बुझेकोमा धन्यवाद दिएकी छन्।

एसिड आक्रमणबाट एउटा आँखा एउटा कान जली वा क्षति भई काम नलाग्ने भए, आंशिक रूपमा अनुहार जली कुरूप भए तथा महिलाको भए एउटा स्तन, दुवै हातगोडा, टाउकोको कुनै भाग र मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भए त्यस्तो कसूर गर्नेलाई १० वर्षदेखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था राखिएको छ ।

कसैको शरीर अंगभंग वा शारीरिक क्षति भए कसूरको प्रकृतिबमोजिम ५ देखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना हुनेछ।

एसिड वा एसिडजन्य पदार्थ छ्याप्न खोजेको तर, नलागे अवस्थामा एसिडजन्य अपराध उद्योग गरेको मानेर १० वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था राखिएको छ।

यसरी भएको अपराधबाट प्राप्त जरिवाना रकम सम्बन्धित पीडितलाई क्षतिपूर्ति बापत दिनुपर्नेछ। पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अंगभंगको गाम्भीर्यता तथा जरिवाना समेत विचार गरी सजाय निर्धारण गर्दा अदालतले मनासिब क्षतिपूर्ति भराउनुपर्ने उल्लेख छ।

“सयमा ९० जनताले सहयोग गर्छन् तर १० जना तिमी परिवारमाथि बोझ बन्यौ भन्छन्। म परिवारमाथि बोझ बनेको छैन। बरु भविष्यमा परिवारको र समाजका पीडितको साहारा बन्छु,” मुस्कानको अठोट छ।

" /> काठमाडौं। मुस्कानमा एउटा आक्रोश छ। जुन उनको अनुहारमा बेलाबखत झल्किन्छ।

"> मुस्कानको दाग नै मुस्कानको शक्ति (भिडिओसहित): Dekhapadhi
मुस्कानको दाग नै मुस्कानको शक्ति (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्