नगरकोटमा सेनाको हाइयर कमाण्ड तथा व्यवस्थापन तालिम सुरु

काठमाडौं। नेपाली सेनाको हाइयर कमाण्ड तथा व्यवस्थापन तालिम आजबाट नगरकोटका सुरु भएको छ।

बलाधिकृत रथी प्रभुराम शर्माले नगरकोट स्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने उक्त तालिमको भिडियो कन्फ्रेन्स मार्फत आज सुरुवात गरेका थिए।

उक्त अवसरमा सम्बोधन गर्दै बलाधिकृत रथी शर्माले यस तालिमले सहभागी शिक्षार्थी अधिकृतहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा थप टेवा पुग्ने बताए।

साथै जटिल समयमा समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा समेत महत्वपूर्ण भूमिका यस तालिमले खेल्ने विश्वास उनले व्यक्त गरे।

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने उक्त तालिममा ३० जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ। उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुनै सबैभन्दा उच्च तालिम हो ।

“कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै पुर्णरुपमा स्वास्थ्य सम्बन्धि सबै सुरक्षात्मक उपायहरु अपनाउंदै सामाजिक दुरी कायम गरी उक्त तालिम संचालन गरिने छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्