बसले स्कुटीलाई ठक्कर दिँदा स्याङ्तान दम्पत्ति र १ वर्षीय छोराको मृत्यु
<p>बारा। बसले स्कुटीलाई ठक्कर दिँदा आज साँझ तीन जनाको घटनास्थलमा मृत्यु भएको छ।</p>
<p>आज साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका १ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं२(०३)००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार चालक निजगढ नगरपालिका -१० लाल बस्ने २६ वर्षीय तीर्थमान स्याङ्तान, निजकै श्रीमती २३ वर्षीया ज्योति र एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।</p>
<p>बस चालक फरार भएको र निजको खोजतलास भइरहेको छ। दुवै सवारी प्रहरी नियन्त्रणमा छन्।</p>
प्रतिक्रिया दिनुहोस्
