भारतबाट अवैध तरिकाले ल्याउँदै गरिएका साढे १७ लाखको राँगा नियन्त्रणमा <p>सुनसरी।&nbsp;सुनसरी नगरपालिका&ndash;४ स्थित वसपार्कबाट करिब १७ लाख ५० हजार रुपैयाँ बराबरको २१ वटा राँगा र १ वटा पाडी सहित ईनरुवा&ndash;४ बस्ने २८ वर्षीय राजकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>अवैध रुपमा भारतबाट प्र&ndash;१&ndash;०&ndash;२००१ ख ८१५६ नम्बरको मिनि ट्रकमा ल्याउँदै गरेको उक्त राँगा र पाडी सहित ट्रक चालक मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p>बरामद रागा र पाडी सहित उनलाई आइतबार सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको &nbsp;छ।</p>
प्रतिक्रिया दिनुहोस्