७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ <p>उदयपुर।&nbsp;७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका-७ मदनचोक डेरा गरी बस्ने झापा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी घर भएका ३५ वर्षीय किरण राईलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>राईले बिहीबार ती बालिकालाई पैसाको प्रलोभनमा पारी ललाई फकाई आफ्नै कोठामा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्