लागुऔषधसहित २ जना पक्राउ <p>सुनसरी।&nbsp;भोक्राह नर्सिङ&ndash;४ चिरौली नहरबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ सय ७ बोतल डाइलेक्स डिसी, ३ हजार ट्याब्लेट नाइट्राभेट र ६ सय ६९ क्याप्सुल स्पास्मो प्रोक्सभीन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय जमाल अन्सारी र २२ वर्षीय प्रविणकुमार उराव रहेका छन्।</p> <p>अवैध लागूऔषध बिक्री गर्दै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।&nbsp;</p> <p>उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्