तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ <p>कैलाली।&nbsp;धनगढी उपमहानगरपालिका-२ बोगटी चोकस्थित कृष्ण सिंहको घरमा तास खलिरहेको अवस्थामा ९ जनालाई नगद ७५ हजार २ सय १० रुपैयाँ र २ गड्डी तास सहित प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरुमा कञ्चनपुर कृष्णपुर नगरपालिका-९ बस्ने ३४ वर्षीय राम बहादुर ऐर, भिमदत्त नगरपालिका-६ बस्ने ४३ वर्षीय जनक राज जोशी, बझाङ केदारस्यु गाउपालिका-४ बस्ने ३३ वर्षीय नरेन्द्र मल्ल, &nbsp;सोही ठाउँ बस्ने २८ वर्षीय मिलन भण्डारी, कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय पवन भाट, सोही उपमहानगरपालिका-१ बस्ने २७ वर्षीया नितु चन्द, सोही उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय दिल बहादुर सिंह, सोही उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय शेर बहादुर साउद र चुरे गाउँपालिका-३ बस्ने ३८ वर्षीय नर बहादुर धामी रहेका छन्।</p> <p>कृष्ण सिंहको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।&nbsp;</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्