चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या, कुकुरले पत्ता लगायो आरोपी

सुनसरी। बराह नगरपालिका-१ कटहरे टोल बस्ने १२ वर्षीया बालिकाको चटपटेको निहुँमा हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार राति घटना भएको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो।

संघीय प्रहरी ईकाई कार्यालय केनाईन शाखामा ज्यान सम्वन्धी अनुसन्धानमा प्रयोग गरिने ‘लैला’ नामको कुकुरको सहोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार राती उनकी आमा विरामी भई परम्परागत रुपमा हुने उपचारका लागि छिमेकीको घरमा सपरिवार गएको अवस्थामा घर रुङ्न बसेकी ती बालिका चटपटे किन्न आएका प्रतिवादीसँग चटपटे कै निहुमा विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उनीमाथि जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्