काठमाडौं। चार दिनअघि हत्या गरिएकी बझाङ्की १२ वर्षीया सम्झना कामीको शव आफन्तले अझै बुझेका छैनन्। सम्झनाको शव बझाङको चैनपुरस्थित जिल्ला अस्पतालमा राखिएको छ। बुधबार हत्या गरिएको अवस्थामा भेटिएकी सम्झनाको शवको पोस्टमार्टम पोस्टमार्टम शुक्रबार भइसकेको छ। तर, आफन्तले हत्यामा संलग्नलाई कडा कारबाहीको सुनिश्चितता नभएसम्म शव नउठाउने अडान लिएको छ।
सम्झनाका हजुरबुबा गोरख कामीले दोषीमाथि कडा कारबाही हुने निश्चित नभएसम्म शव नउठाउने बताए। “नातिनी मार्नेलाई पक्रिएर सार्वजनिक गरियोस्। कानुन अनुसार कारबाही गरियोस्। अनि मात्रै नातिनीको शव उठाउँछु।” गोरखले देखापढीसँग भने।
जिल्ला प्रहरी कार्यालय बझाङले सम्झनाको हत्यामा संलग्न भएको आशंकामा विहीबार नै २० वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरिसकेको छ। घटनामा संलग्नता हुन सक्ने आशंकामा राजेन्द्रलाई पक्राउ गरिएको जनाएको प्रहरीले सोधपुछका क्रममा हत्या राजेन्द्रबाटै भएको भन्ने प्रमाण भेटिएको पनि दाबी गरेको छ।
“पक्राउ परेका राजेन्द्र बोहोराको संलग्नताबारे आधार र तथ्य फेला परेको छ”, बझाङ प्रहरी प्रमुख डीएसपी रूपक खड्काले भने, “आज नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको छ।”
सम्झनाका हजुरबुबा गोरखले पनि शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा राजेन्द्रबिरुद्ध किटानी जाहेरी दिइसकेका छन्। बुधबार साँझ करिब साढे ८ बजे सम्झना हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। घरदेखि आधा घण्टा पैदल दूरीमा रहेको गोठमा गोरु बाँध्न गएकी उनी साँझ पर्दासम्म नआएपछि खोजी गर्ने क्रममा आफन्त र गाउँलेले सिमछानामा रहेको सिम मन्दिरमा उनलाई मृत फेला पारेका थिए।
शरीरको तल्लो भाग नाङ्गो अवस्थामा भेटिएकी सम्झनाको शरीरको विभिन्न भागमा निलडाम देखिएको प्रहरीले जनाएको छ। उनको कानमा रहेको पाँच आनाको मुन्द्रा लुटिएको छ। बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
घटना हुनुभन्दा सातादिन अगाडि सम्झनाले 'बाज्या ! राजेन्द्रले सुन माग्दैछ, मलाई डर लाग्यो, मुन्द्रा फुकालीदेऊ' भनेको पनि हजुरबुबा गोरखले बताए। “मेरी नातिनीले राजेन्द्रबाट डर लाग्न थाल्यो भनेपछि मैले नडराउनू, हामी छौं भनेको थिएँ र त्यसो भनेको केही दिनमै घटना भयो”, उनले भने, “सोही आधारमा उनीविरुद्ध जाहेरी दिएका हौं।”
सम्झना गोरखको ठूली नातिनी हुन्। जो काममा हजुरबा र हजुरआमाको भरोसा बन्दै थिइन्। गाउँकै मष्टा आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन्। बुबा विजुली र आमा धौली कामी रोजगारीको सिलसिलामा भारतको बङ्गलुरुमा छन्। हजुरबुबा र हजुरआमासँग दुई बहिनीहरू पनि बस्दै आएका छन्।