प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा <p>काठमाडौं। आफ्नो घरमा कार्यरत एक जनामा कोरोना संक्रमण भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन्।</p> <p>उनी आजबाट सेल्फ क्वारेन्टाइनमा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।&nbsp;</p> <p>&ldquo;प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम वहाँले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै आफुलाई सेल्फ क्वारेन्टान गर्नु भएको हो,&rdquo; निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p> <p>नेपाली सेनामा हालसम्म २ हजार १९७ जना कोरोना संक्रमण पुष्टी भइसकेको छ। संक्रमित मध्ये दुई जनाको मृत्यु भएको छ भने ५३९ जना निको भइसकेका छन्। अहिले नेपाली सेनामा उपचारत कोरोना संक्रमितको संख्या १ हजार ६५६ रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्