माछा मार्दा करेन्ट लागेर दुईजनाको मृत्यु
काठमाडौं। दाङको घोराही उपमहानगरपालिका-१६ बस्ने २६ वर्षीय कलब चौधरीको करेन्ट लागेर मृत्यु भएको छ।

चौधरीसहित पाँचजनाले सोही ठाउँस्थित बरजन्य खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो।

चितवनको भरतपुर महागनगरपालिका-२१, पाहारिलोटार बस्ने २६ वर्षीय सुनिल तामाङको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ।

स्थानीय खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्