बलात्कार गरेको आरोपमा एकजना पक्राउ

पाल्पा। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा माथागढी गाउँपालिका-५ ओखलढुङ्गा बस्ने ४५ वर्षीय ईन्द्रबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई घरमा कोही नभएको अवस्थामा मंगलबार बलात्कार गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी पक्राउ गरेको हो।

ती किशोरीलाई बिहीबार बलात्कार गर्ने अर्का ४२ वर्षीय पुरुष पनि रहेको र हाल उनी फरार रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।