श्रीमानलाई खुकुरी प्रहार गरेकाे आरोपमा महिला पक्राउ <p>रुकुम(पश्चिम)।&nbsp;आफ्नै श्रीमानलाई धारिलो खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा बाफिकोट गाउँपालिका-९, तासिबाङ बस्ने ३४ वर्षीया अमृता दाहाललाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p>घरायसी विवादको कारण अमृताले खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट छिनखेतबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो।&nbsp;</p> <p>घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएकाे छ।&nbsp;</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्