काठमाडौं। चीनले अहिलेसम्मकै तीव्र गतिको रेलको दक्षिणी शहर ग्वाङ्झाउमा उद्घाटन गरेको छ। यो रेल प्रतिघण्टा १६० किलोमिटर कुद्ने छ।
चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ का अनुसार यो सबवे ट्रेन ग्वाङ्झाउ मेट्रो लाइन नम्बर १८ र २२ मा चालु गरिने छ। यो लाइनको काम अन्तिम चरणमा पुगेको बताइएको छ।
रेल चल्न शुरू भएपछि नान्सा फ्रि ट्रेड जोनबाट दक्षिणी ग्वाङ्झाउ स्टेशन र पूर्वी ग्वाङ्झाउ स्टेसनसम्म पुग्न क्रमशः २५ र ३० मिनेट लाग्ने छ।
भविष्यमा यी दुवै लाइनलाई गुआङदोङको झुहाई र झोङसान तथा दोङुआन सहरसम्म विस्तार गरिने छ।
ग्वाङ्झाउ रेलवे प्राधिकरणले सीआरसीसीबाट लाइन संख्या १८ र २२ मा परिचालनका निम्ति २२ वटा रेल बनाउन आदेश दिइसकेको छ। आगामी अक्टोबरमा सबै रेल आइसक्ने बताइएको छ।
(एजेन्सी)
" /> काठमाडौं। चीनले अहिलेसम्मकै तीव्र गतिको रेलको दक्षिणी शहर ग्वाङ्झाउमा उद्घाटन गरेको छ। यो रेल प्रतिघण्टा १६० किलोमिटर कुद्ने छ।चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ का अनुसार यो सबवे ट्रेन ग्वाङ्झाउ मेट्रो लाइन नम्बर १८ र २२ मा चालु गरिने छ। यो लाइनको काम अन्तिम चरणमा पुगेको बताइएको छ।

">