काठमाडौं। अमेरिकाको राष्ट्रपति निर्वाचनमा चीन ठूलो मुद्दा बन्दै गएको छ। रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका जो बाइडेन निरन्तर चीनविरुद्ध अभिव्यक्ति दिन थालेका छन्।
राष्ट्रपति ट्रम्पले त धेरै अघिदेखि नै कोरोना संक्रमणका विषयमा चीनलाई जिम्मेवार ठहर्याउँदै आएका छन्। उनले एकपटक त यसलाई चिनियाँ भाइरस पनि भनिदिए। त्यतिले मात्र ट्रम्पको चित्त बुझेन, उनले प्रतिद्वन्द्वी बाइडेनलाई चीनप्रति नरम व्यवहार गर्ने व्यक्तिसमेत भने।
शुक्रबार राष्ट्रपति ट्रम्पले न्युपोर्ट, भर्जिनियामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्ने क्रममा अमेरिकाको आर्थिक स्थिति निकै मजबुत भइरहेका बखत चीनबाट कोरोना आएको बताए। उनले कोरोनाका कारण आफूले देशको आर्थिक गतिविधि केही समय बन्द गरेकोमा ‘गलत कदम’ बताउँदै अब त्यसो हुन नदिने जिकिर गरे।
आफू आगामी चार वर्षका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएमा अमेरिकालाई संसारकै ठूलो औद्योगिक मुलुक बनाउने घोषणा गरे। चीनसँगको निर्भरता सदाका लागि अन्त्य गर्ने उनको भनाइ थियो। कोरोना भाइरस महामारीपश्चात् चीनसँगको सम्बन्धको कुनै अर्थ नरहेको पनि उनले बताए। उनले चीनप्रति निकै गहिरो निराशा व्यक्त गरे।
राष्ट्रपति ट्रम्पले भने, ‘‘चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मेरो निकै राम्रो सम्बन्ध थियो, तर यो महामारी आयो...हामीले राम्रो व्यापार सम्झौता पनि गरेका थियौं, अब मेरा लागि अब यो पहिला जस्तो रहेन। के अब यसको कुनै अर्थ छ?’’
अमेरिका र चीनले यसै वर्षको सुरुआतमा एक व्यापार सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेका थिए। ट्रम्पले उक्त सम्झौताबारे पुनः वार्ता गर्नै अस्वीकार गरिदिए।
यतिखेर अमेरिका कोरोनाबाट निकै गम्भीर ढंगमा प्रभावित हुन पुगेको छ। त्यहाँ यस भाइरसबाट मर्नेको संख्या दुई लाख नाघिसकेको छ। अमेरिकाको अर्थव्यवस्था डगमगाइरहेको छ। लाखौंले रोजगारी गुमाएका छन्।
आगामी नोभेम्बर ३ तारिखका दिन त्यहाँ राष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचनमा विजय पाउनका लागि डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच चर्को प्रतिष्पर्धा चलिरहेको छ।
वर्तमान राष्ट्रपति ट्रम्प र अर्का उम्मेदवार बाइडेन एकअर्कोमाथि गालीगलौजमै उत्रिन थालेका छन्। अमेरिकामा ट्रम्प प्रशासनमाथि कोरोना संक्रमण नियन्त्रणमा असफल भएको आरोप पनि लाग्दै आएको छ। (एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। अमेरिकाको राष्ट्रपति निर्वाचनमा चीन ठूलो मुद्दा बन्दै गएको छ। रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका जो बाइडेन निरन्तर चीनविरुद्ध अभिव्यक्ति दिन थालेका छन्।राष्ट्रपति ट्रम्पले त धेरै अघिदेखि नै कोरोना संक्रमणका विषयमा चीनलाई जिम्मेवार ठहर्याउँदै आएका छन्। उनले एकपटक त यसलाई चिनियाँ भाइरस पनि भनिदिए। त्यतिले मात्र ट्रम्पको चित्त बुझेन, उनले प्रतिद्वन्द्वी बाइडेनलाई चीनप्रति नरम व्यवहार गर्ने व्यक्तिसमेत भने।

">