कैलाली। सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा नेपाल भित्र्याउँदै गरेका लाखौँ मूल्यका साइकलका पार्ट्स, कपडा तथा सुर्तीजन्य वस्तुहरू नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलाली तथा मातहत बीओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका-३, गोब्रेला घाट इलाकाबाट भन्सार छली ल्याउँदै गरेको अन्दाजी ६४ हजार ६५० रूपैयाँ बराबरको साइकलका विभिन्न पार्टसहरू तथा सुर्तीजन्य सामाग्री बरामद गरेको हाे।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बीओपी बंगराकटानबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका-९, गौरीकटान इलाकाबाट अन्दाजी मूल्य सात लाख ६० हजार ८०० रूपैयाँ बराबरको लेडिज लेहंगा, सुटपिस, कुर्ती र साडीलगायतका लेडिज कपडाहरू बरामद गरेकाे छ। ती सामग्रीहरू आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ।
" /> कैलाली। सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा नेपाल भित्र्याउँदै गरेका लाखौँ मूल्यका साइकलका पार्ट्स, कपडा तथा सुर्तीजन्य वस्तुहरू नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको छ।सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलाली तथा मातहत बीओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका-३, गोब्रेला घाट इलाकाबाट भन्सार छली ल्याउँदै गरेको अन्दाजी ६४ हजार ६५० रूपैयाँ बराबरको साइकलका विभिन्न पार्टसहरू तथा सुर्तीजन्य सामाग्री बरामद गरेको हाे।

">