खाेटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सौर्यबत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ।

उज्यालो नगर बनाउने नगरपालिकाको अभियानअन्तर्गत १५० ठाउँमा जडान गरिएको सडक सौर्यबत्तीमध्ये अधिकांश ठाउँमा वर्ष दिन नपुग्दै बल्न छाडेको पाइएको हो।

नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ मा विनियोजित एक करोड १४ लाख ७८ हजार बजेटमा विराट इनर्जी प्रालिले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा १५ वटै वडामा सौर्यबत्ती जडान गरेको थियो।

नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा वडाको मुख्य–मुख्य स्थानमा जडान गरिएको सौर्यबत्तीमा सुरुदेखि नै समस्या देखिएको स्थानीय बासिन्दाले बताएका छन्।

अहिले दिक्तेल बजारको रत्नपार्क, सामुदायिक प्रहरी सेवा केन्द्र, माटिकोरे कर्भडहल, आचार्यगाउँ, अस्पतालचोकलगायत विभिन्न ठाउँमा जडान गरिएको सौर्यबत्ती बलेको देखिँदैन।

नगरपालिकामा जडान गरिएको सडक सौर्यबत्तीमा पाँचवर्षे ग्यारेण्टी भएकाले बीचमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ठेकेदार कम्पनीले पाउने धरौटी रकम फिर्ता नदिई नगरपालिकामै राखिएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले बताए।

आफूहरूले जडान गरेको सडक सौर्यबत्तीमा देखिएको समस्या प्राविधिक कुरा भएकाले दसैँ अगाडिसम्ममा उक्त समस्या हल गरेर सञ्चालनमा ल्याउने प्रालिका प्रतिनिधि सरोज शर्माले बताए। रासस

" /> खाेटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सौर्यबत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ।

उज्यालो नगर बनाउने नगरपालिकाको अभियानअन्तर्गत १५० ठाउँमा जडान गरिएको सडक सौर्यबत्तीमध्ये अधिकांश ठाउँमा वर्ष दिन नपुग्दै बल्न छाडेको पाइएको हो।

नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ मा विनियोजित एक करोड १४ लाख ७८ हजार बजेटमा विराट इनर्जी प्रालिले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा १५ वटै वडामा सौर्यबत्ती जडान गरेको थियो।

नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा वडाको मुख्य–मुख्य स्थानमा जडान गरिएको सौर्यबत्तीमा सुरुदेखि नै समस्या देखिएको स्थानीय बासिन्दाले बताएका छन्।

अहिले दिक्तेल बजारको रत्नपार्क, सामुदायिक प्रहरी सेवा केन्द्र, माटिकोरे कर्भडहल, आचार्यगाउँ, अस्पतालचोकलगायत विभिन्न ठाउँमा जडान गरिएको सौर्यबत्ती बलेको देखिँदैन।

नगरपालिकामा जडान गरिएको सडक सौर्यबत्तीमा पाँचवर्षे ग्यारेण्टी भएकाले बीचमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ठेकेदार कम्पनीले पाउने धरौटी रकम फिर्ता नदिई नगरपालिकामै राखिएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले बताए।

आफूहरूले जडान गरेको सडक सौर्यबत्तीमा देखिएको समस्या प्राविधिक कुरा भएकाले दसैँ अगाडिसम्ममा उक्त समस्या हल गरेर सञ्चालनमा ल्याउने प्रालिका प्रतिनिधि सरोज शर्माले बताए। रासस

"> खाेटाङ: जडान गरेको वर्ष दिन नपुग्दै बल्न छाड्यो सडक सौर्यबत्ती: Dekhapadhi
खाेटाङ: जडान गरेको वर्ष दिन नपुग्दै बल्न छाड्यो सडक सौर्यबत्ती
खाेटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सौर्यबत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ।

उज्यालो नगर बनाउने नगरपालिकाको अभियानअन्तर्गत १५० ठाउँमा जडान गरिएको सडक सौर्यबत्तीमध्ये अधिकांश ठाउँमा वर्ष दिन नपुग्दै बल्न छाडेको पाइएको हो।

नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ मा विनियोजित एक करोड १४ लाख ७८ हजार बजेटमा विराट इनर्जी प्रालिले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा १५ वटै वडामा सौर्यबत्ती जडान गरेको थियो।

नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा वडाको मुख्य–मुख्य स्थानमा जडान गरिएको सौर्यबत्तीमा सुरुदेखि नै समस्या देखिएको स्थानीय बासिन्दाले बताएका छन्।

अहिले दिक्तेल बजारको रत्नपार्क, सामुदायिक प्रहरी सेवा केन्द्र, माटिकोरे कर्भडहल, आचार्यगाउँ, अस्पतालचोकलगायत विभिन्न ठाउँमा जडान गरिएको सौर्यबत्ती बलेको देखिँदैन।

नगरपालिकामा जडान गरिएको सडक सौर्यबत्तीमा पाँचवर्षे ग्यारेण्टी भएकाले बीचमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ठेकेदार कम्पनीले पाउने धरौटी रकम फिर्ता नदिई नगरपालिकामै राखिएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले बताए।

आफूहरूले जडान गरेको सडक सौर्यबत्तीमा देखिएको समस्या प्राविधिक कुरा भएकाले दसैँ अगाडिसम्ममा उक्त समस्या हल गरेर सञ्चालनमा ल्याउने प्रालिका प्रतिनिधि सरोज शर्माले बताए। रासस

प्रतिक्रिया दिनुहोस्