काठमाडौं। सिरहास्थित जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरले ५ असोजदेखि पठनपाठन शुरू गरेको छ। भौतिक दूरी तथा स्वास्थ्य मापदण्ड पालना गराएर पढाई शुरू गरेको प्रधानाध्यापक रामविलाश यादवले बताएका छन्।
विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही आधारमा एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर पठनपाठन थालिएको हो।
त्यस्तै दोलखामा पनि निजी तथा सामुदायिक विद्यालयले कक्षा सञ्चालन गर्नुका साथै परीक्षा पनि शुरू गरेका छन्। कक्षा ८ बाहेक जिल्लामा निजी तथा सामुदायिक विद्यालयको कक्षा १-९ को परीक्षा सञ्चालन गरिएको हो।
९ वटा स्थानीय तहमध्ये जिरी नगरपालिकाले बुधबार सम्पूर्ण परीक्षा सम्पन्न गरेर बिहीबारबाट विद्यालय बन्द गरेको छ। त्यस्तै गौरीशंकर गाउँपालिकाले सञ्चालन गरिरहेको परीक्षा गत बिहीबारदेखि बन्द गरेको छ।
.jpg)
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले शिक्षा समितिको बैठक बोलाएर परीक्षा बन्द गर्न निर्देशन दिइएको थियो।
तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल-टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन्। कोभिड-१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाइ सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन्।
यता कास्कीमा पनि होस्टलमा नै पठनपाठन शुरू गरिएको छ। पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित अलब्राइट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन थालिएको हो।
कोरोना संक्रमण जोखिमका कारण सरकारले होष्टल, स्कूल, व्यायामशाला, धार्मिक स्थललगायत बढी भिडभाड हुने क्षेत्र सञ्चालन नगर्ने नगराउने निर्णय गरेको छ। तर, पठनपाठन हुन थालेपछि होस्टल सञ्चालिका पोखरा महानगरपालिका-८ न्यूरोडकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहाको मिर्चैया नगरपालिकाले नगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नगर शिक्षा समितिको बैठकले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि विद्यालय सञ्चालनमा आउनेछन्।
पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि विद्यालय सञ्चालनको तयारी गरिएको छ। केही दिनअघि भोजपुर नगरपालिकामा बसेको सरोकारवालाको बैठकले १५ असोजबाट विद्यालय खुलाउने निर्णय गरेको छ। तर, अभिभावकहरूले अहिले नै विद्यालय खोल्नु उचित नहुने भन्दै आफ्ना छोराछोरी विद्यालय नपठाउने बताइरहेका छन्।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा अधिकृत भरतकुमार बानियाले जानकारी दिए।
निर्णयअनुसार विद्यालय प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराइनेछ। कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने सिफ्टमा सञ्चालन गर्ने र एउटा बेन्चमा दुईजना विद्यार्थी मात्र राख्नुपर्नेछ।
पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि विद्यालय सञ्चालनको तयारी गरिएको छ। केही दिनअघि भोजपुर नगरपालिकामा बसेको सरोकारवालाको बैठकले १५ असोजबाट विद्यालय खुलाउने निर्णय गरेको छ।
तर, अभिभावकहरूले अहिले नै विद्यालय खोल्नु उचित नहुने भन्दै आफ्ना छोराछोरी विद्यालय नपठाउने बताइरहेका छन्।
शिक्षा मन्त्रालयको निर्णयको अवज्ञा
शिक्षा मन्त्रालयले १ असोजदेखि विद्यार्थी सिकाई सहजिकरण निर्देशिका जारी गरेको छ। निर्देशिकामा प्रविधिको प्रयोग गरी वैकल्पिक शिक्षालाई जोड दिइएको छ।
हिजो शिक्षा पत्रकार समाजले गरेको भर्चुअल संवादमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले महामारीको जोखिम कायमै रहेकोले अहिले विद्यालय खोल्न हतार नगरौं भनेर सबैमा अनुरोध गरेका छन्।
विभिन्न क्षेत्रमा विद्यालय खुल्न थालेको सूचना आएको भन्दै उनले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाई प्रणालीलाई प्राथमिकता दिन आग्रह गरे।
"विद्यार्थीहरूमा संक्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणाली नै अपनाऊँ", उनको आग्रह छ।
मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको बताए।
.jpg)
शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियतरूपमा क्लोज युनिट ग्रुप (सीयूजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको मन्त्री पोखरेलले बताएका छन्।
तर, सरकारको निर्देशनको अवज्ञा गर्दै देशका विभिन्न ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भने भौतिक उपस्थितिमा पठनपाठन नगराउन निर्देशन दिएको छ। एक सूचना जारी गरेर कोरोना संक्रमणको अवस्था बढ्ने क्रममा रहेको तथा शिक्षक कर्मचारीहरूका परिवारमा समेत कोरोना संक्रमण देखिएको भन्दै सहजिकरण निर्देशिका अनुसार मात्र गर्न भनेको हो।
सामुदायिक एवं संस्थागत विद्यालय संचालन गरी संक्रमण फैलिन गएमा सो को जिम्मेवारी सम्बन्धित विद्यालय तथा सम्बन्धित पालिकाले बेहोर्नुपर्नेतर्फ सचेत गराइएको छ।
" /> काठमाडौं। सिरहास्थित जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरले ५ असोजदेखि पठनपाठन शुरू गरेको छ। भौतिक दूरी तथा स्वास्थ्य मापदण्ड पालना गराएर पढाई शुरू गरेको प्रधानाध्यापक रामविलाश यादवले बताएका छन्।विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही आधारमा एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर पठनपाठन थालिएको हो।

">