बागलुङ। बागलुङ नगरपालिका-८, सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ।
निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ।
दुई वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्यचौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिए।
पहिरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत समस्या भएको छ। बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्यचौकी पूर्ण खतरामा रहेको शर्माको भनाइ छ।
स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ। झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन वातावरणीय मूल्याङ्कनबिनै निर्माण गर्दा समस्या भएको वडाध्यक्ष राजन जिसी बताउँछन्।
तत्कालै पहिरो रोकथामका लागि ठूलो बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै जिसीले आवश्यक समन्वय भइरहेको बताए। झण्डै २०० मिटर लामो पहिरोका कारण लामाचौर जाने सडकमा समेत असर पुगेकाे छ। पहिरोले स्वास्थ्यचौकीमुनिका तीन घरसमेत जोखिममा परेका छन्। रासस
" /> बागलुङ। बागलुङ नगरपालिका-८, सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ।निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ।

">