पछिल्लो चौबिस घण्टामा ८ जना मृत अवस्थामा फेला
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थाम फेला परेका छन्। प्रहरीका अनुसार उनीहरु पर्सा, सप्तरी, बैतडी, सिन्धुली, चितवन, रुपन्देही, मकवानपुर र कैलालीमा मृत अवस्थामा फेला परेका हुन्।

पर्साको पटेर्वासुगौली गाउँपालिका–२ स्थित शिवमजित फर्मा प्रालिमा काम गर्ने उदयपुर गढी गाउँपालिका–६ बस्ने २० वर्षीय विक्रम तामाङ सोही गाउँपालिका–२ स्थित काँशघारीको जमेको पानीमा मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलास्थित कोशी नदीमा पहिचान नखुलेका करिब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

बैतडीको पुर्चौडी नगरपालिका–३ तोलीगाउँ बस्ने ४० वर्षीय पदम बोहरा सोही नगरपालिका–१ लामाधार भन्ने स्थानमा मृत अवस्थामा फेला परेका छन्।

सिन्धुलीको दुधौली नगरपालिका–२ बलिन्टार बस्ने ६५ वर्षीय बेचु माझी सोही नगरपालिका–१ कमला नदीमा मृत अवस्थामा फेला परेका छन्।

चितवनको भरतपुर महानगरपालिका–११ बस्ने ४५ वर्षीय हरि प्रसाद चौलागाई घरदेखि करिब २ सय मिटर टाढा खेतको पानीमा मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ दुर्गानगर बस्ने ४५ वर्षीया कल्पना कार्की सोही उपमहानगरपालिका–१५ चम्खीपुरस्थित दानव नदी खोलामा मृत अवस्थामा फेला परेकी छन्।

मकवानपुरको कैलाश गाउँपालिका–५ तारुके बस्ने ३७ वर्षीय धावा स्याङतान सोही गाउँपालिका–५ स्थित कालीखोला छेउमा मृत अवस्थामा फेला परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१४ खुटीया खोलामा सुर्खेत लेकबेशी नगरपालिका–९ घर भएका २१ वर्षीय राजकुमार सारुमगर मृत अवस्थामा फेला परेका छन्।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्