फाइल फोटो।
बाढीले साढे २८ लाख बराबरको कच्चा पदार्थ नष्ट <p>सुनसरी।&nbsp;ईटहरी उपमहानगरपालिका-१२ खनारस्थित श्री अरिहन्त आईरन एण्ड स्टिल कम्पनीमा अविरल वर्षाको कारण बाढी पसेर साढे २८ लाख रुपैयाँ बराबरको क्षति गरेको छ।</p> <p>प्रहरीका अनुसार बाढीले २१ लाख रुपैयाँ मुल्य बराबरको १५ टन स्टिच वायर र करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको ८ टन ईलेक्ट्रोप्लेट वायर समेत गरी करिब २८ लाख ५० हजार रुपैयाँ बराबरको कच्चा पदार्थ नष्ट भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्