पोखरामा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ <p>कास्की।&nbsp;पोखरा महानगरपालिका-३० शिशुवा बस्ने ४९ वर्षीय भुवन शर्माको घरमा तास खेलिरहेको अवस्थामा शर्मा लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्