पाकिस्तानका लागि पूर्वराजदूत राजभण्डारीको निधन <p>काठमाडौं। पाकिस्तानका लागि पूर्वराजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ। ललित योग फाउण्डेशनका अध्यक्षसमेत रहेका पूर्वराजदूत राजभण्डारीको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो।</p> <p>उनले पाकिस्तान, थाइल्याण्ड, चीन र रसियालगायत मुलुकमा कूटनीतिज्ञको भूमिका निर्वाह गरेका थिए। उनले शुरुआती चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रवक्ताका रुपमा पनि काम गरेका थिए।</p> <p>राजदूत राजभण्डारीले संयुक्त राष्ट्र सङ्घको विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनले केही समय द राइजिङ नेपालमा अङ्ग्रेजी दैनिकमा पनि काम गरेका थिए।</p> <p>उनले गोरखा दक्षिणबाहुलगायत थुप्रै पदक पाएका&nbsp;थिए। उनका श्रीमती र चार सन्तान छन्।</p>
प्रतिक्रिया दिनुहोस्