६० वर्षीया वृद्धाको हत्या आरोपमा पक्राउ

तनहुँ। शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला बस्ने ६० वर्षीया तेज कुमारी ढकालको हत्या गरेको आरोपमा गोरखा भिमसेन थापा गाउँपालिका–१ बसेनी बस्ने ४६ वर्षीय शिव गौतमलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार बिहान ढकाल आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकोमा थप अनुसन्धान गर्ने क्रममा धारिलो हतियार प्रहारबाट मृत्यु भएको खुलेको थियो।

त्यसपछि उक्त घटनामा संलग्नको खोजी गर्न खटिएको स्थानीय प्रहरीले व्यास नगरपालिका–२ सहिद गेटमा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा गौतमलाई फेला पारी पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्