दुई दिनमा पाँचथरमा १३ पहिरो, ६ परिवारका २७ जना विस्थापित
काठमाडौं । निरन्तरको वर्षापछि पाँचथरको १३ स्थानमा पहिरो गएको छ। ६ परिवार विस्थापित भएका छन्। उनीहरू आफन्तको घरमा गएर बसेका छन्।
बिहीबार र शुक्रबार गएको पहिरोले गर्दा उनीहरू विस्थापित भएका हुन्। तीन परिवार पहिरोको जोखिममा छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लाको फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर-२ का लालबहादुर तामाङको घरमा शुक्रबार घरमाथिबाट झरेको पहिरोले पूर्ण रूपमा क्षति पुगेको जनाएको छ।
५० हजार रूपैयाँ बराबरको क्षति भएको र तीन जनाको परिवार स्थानीय मकरध्वज तामाङको घरमा आश्रय लिन पुगेका छन्।
फिदिम नगरपालिका वडा नम्बर-११ सेजेपाका चन्द्रबहादुर घिसिङको गोठमाथिबाट खसेको पहिरोले चौपाया मरेको र घरसमेत जोखिममा रहेको छ।
शुक्रबार पहिरो खस्दा जोखिममा रहेपछि छोरा धनबहादुर घिसिङको घरमा चन्द्रबहादुरसहित दुई जना आश्रय लिन पुगेका छन्।
जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्बर–३ मा रहेको नरेन्द्रबहादुर कार्कीको बन्धकी घर पहिरोका कारण उच्च जोखिममा रहेपछि कार्की परिवार घरबाट विस्थापित भएका छन्।
पहिरो शुक्रबार नै गएको हो। पाँच सदस्य रहेको कार्की परिवार हाल आफ्नै गोठमा बस्दै आएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ।
यसैबीच फिदिम नगरपालिका वडा नम्बर–६ सिवाको मालुवाकी राममती राईको परिवार घरमुनीबाट पहिरो गएपछि विस्थापित भएका छन्। पाँच जना रहेको राई परिवार छोरा कारावारी राईको घरमा बस्दै आएका छन्। पहिरो शुक्रबार नै गएको हो।
फिदिम नगरपालिका–६ धुपिडाँडाका सुन्दर तुम्रोकको परिवार पनि पहिरोका कारण विस्थापित भएका छन्। ७ जना सदस्य रहेको तुम्रोक परिवार घर मुनिबाट पहिरो गएपछि भान्साघरमा जोखिमपूर्ण ढंगले बस्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्