काठमाडौं। कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे। चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो। भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुपर्यो।
विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्किएका नेपालीको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना थियो। कोरोनाले निम्त्याएको विषम स्थितिका कारण उनको विश्वयात्रा अहिले स्थगनमा छ, फेरि कहिले सुरु हुन्छ ठेगान छैन।
बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका ४१ वर्षीय नेपालीको सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य थियो। कोरोनाकै कारण अब यात्राको त्यो योजना र लक्ष्य पछि धकेलिने निश्चित छ। ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित उनी विश्वयात्रामा थिए।
“स्थिति प्रतिकूल हुँदा पनि मैले कुनै तनाव लिइनँ, यो समयको मैले राम्रो सदुपयोग गरेँ,” उनले भने, “अहिले म ६५ देशका राष्ट्रगान गाउन सक्ने भएँ, आउँदो डेढ÷दुई वर्षभित्र १९४ देशकै राष्ट्रगान गाउँछु।”
भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रगान गाउँदै विश्वयात्रामा हिँडेको नेपालीले बताए। “सानैदेखि केही न केही नयाँ काम गर्ने हुटहुटी चल्थ्यो, त्यसकै उपज हो यो विश्वयात्रा पनि,” उनले भने।
‘विश्वयात्रा’को समापन सगरमाथा आधार शिविरमा गर्ने नेपालीको सपना छ। हालसम्म उनले भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डको भ्रमण गरिसकेका छन्। “पहिलो विदेश यात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु गरेँ, प्रवासी नेपालीहरुसँगको समन्वयमा युरोप पुगेँ,” उनले भने।
बुद्ध र सगरमाथाको देशका रुपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध भएको नेपालीले सुनाए। चाँडै स्थिति ठीकठाक भएर आफ्नो विश्वयात्रा फेरि सुरु हुनेमा उनी आशावादी छन्।
झण्डै २५ वर्ष नेपाली गीत, सङ्गीतमा बिताएका नेपालीका ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भीरको टुनी’लगायत गीत सार्वजनिक छन्।
" /> काठमाडौं। कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे। चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो। भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुपर्यो।विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्किएका नेपालीको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना थियो। कोरोनाले निम्त्याएको विषम स्थितिका कारण उनको विश्वयात्रा अहिले स्थगनमा छ, फेरि कहिले सुरु हुन्छ ठेगान छैन।

">