५ दिनसम्म बन्धक बनाई १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार: थप दुई आरोपी पक्राउ
कैलाली। कञ्चनपुरमा सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

गत भदौँमा बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा बेल्डाडीकै १९ वर्षीय प्रकाश विष्ट र ३२ वर्षीय नरेन्द्र विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

उनले दुवै जनालाई बेल्डाडी क्षेत्रबाटै पक्राउ गरिएको जानकारी दिएका छन्।

यसअघि सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा बेल्डाडीकै २२ वर्षीय युवक सुरज साउदसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

उक्त घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई कारबाही गरिएको थियो।

गत भदौ १९ गते बेल्डाडीकी १६ वर्षीया किशोरीले ५/६ जना युवाहरूले आफूलाई १४ गतेदेखि ५ दिनसम्म बन्धक बनाई बलात्कार गरेको उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्