कोरोनाबाट एक सैनिक जवानको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण नेपाली सेनाको एक जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङ घर भई हाल काठमाडौं उपत्यकामा कार्यरत सैनक जवान रहेका छन्। योसँगै कोरोना कारण मृत्यु सैनिक जवानको संख्या दुई पुगेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हिजो सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

“निज जवानलाई असोज ६ गते छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गर्दागर्दै निजको मृत्यु भएको हो,” निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

मृत्यु भएका सैनिक जवानको आसोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

हालसम्म नेपाली सेनामा २ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ५३९ जना निको भइसकेका छन्। अहिले सेनामा संक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६५६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्