काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका-७, कुम्लेखोलाकी तेजकुमारी ढकाल (६७) को हत्याको कारण ‘गरगहना र पैसा लुटपाट’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज तिमिल्सिनाले भने, “हामी अनुसन्धानकै क्रममा छौं। अहिलेसम्म हत्याको कारण गहना र नगद लुटपाट देखिएको छ।”
दुवै हात, खुट्टा र घाँटी बाँधिएको अवस्थामा तेजकुमारीको शव आफ्नै घरमा फेला परेको थियो।
तेजकुमारीको हत्या बिहीबार साँझ करिब ८ बजे भएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार छातीमा हँसिया गाडिएको र शरीरको विभिन्न ठाउँमा चोट देखिएको छ।
हत्या आरोपमा गोरखा भीमसेन थापा नगरपालिका–१, बसेनीका ४६ वर्षीय शिव गौतमलाई प्रहरीले ब्यास नगरपालिका–२, सहिदगेटबाट पक्राउ गरेको छ।
उनी १५/२० दिन अगाडि गाउँकै एक भैँसी फार्ममा काम गर्नका लागि आएका थिए।
तेजकुमारीको हत्यापछि आरोपित गौतम फरार भएका थिए। उनको खोजीमा कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो।
डीएसपी तिमिल्सिनाका अनुसार हत्या आरोपी गौतमले तेजकुमारीको हत्या गरेको स्वीकारेका छन्।
हत्यामा हँसिया र फलामको रड प्रयोग भएको देखिएको उनले बताए।
प्रहरीले गाैतमविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।
तेजकुमारी केही वर्षदेखि एक्लै बस्थिन्।
उनका श्रीमान छोराबुहारीसँग बस्थे। दुई घरबीचको दूरी करिब १०० मिटर छ।
तेजकुमारी एक्लै बस्नुको कारण ‘देउता चढ्छ’ भन्ने अन्धविश्वासका कारण भएको प्रहरीले जनाएको छ।
सधैँ दूध ल्याइदिने व्यक्ति (नातामा ज्वाइँ पर्ने)ले तेजकुमारीको शव देखेपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए।
" /> काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका-७, कुम्लेखोलाकी तेजकुमारी ढकाल (६७) को हत्याको कारण ‘गरगहना र पैसा लुटपाट’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज तिमिल्सिनाले भने, “हामी अनुसन्धानकै क्रममा छौं। अहिलेसम्म हत्याको कारण गहना र नगद लुटपाट देखिएको छ।”

">