काठमाडौं। युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ।
युक्रेनका सैनिक अधिकारीहरूका अनुसार हिजो बिहान विमान दुर्घटनमा परेको हो। युक्रेनको राष्ट्रिय सेनाले आज बिहानसम्ममा विमानमा रहेका २५ जनाको ज्यान गएको बताएको हो।
युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ।
युक्रेनका स्थानीय पत्रिकाहरूले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन्। किभका स्थानीय पत्रिकाहरूले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै सो मसाचार लेखेका छन्।
रक्षा मन्त्रालयले इन्जिन फेल भएका कारण विमान दुर्घटना भएको बताएको छ। तर, यो प्रारम्भिक रिपोर्ट मात्र भएको बताउँदै मन्त्रालयले थप अनुसन्धान जारी रहेको जनाएको छ। रासस/सिन्ह्वा
" /> काठमाडौं। युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ।युक्रेनका सैनिक अधिकारीहरूका अनुसार हिजो बिहान विमान दुर्घटनमा परेको हो। युक्रेनको राष्ट्रिय सेनाले आज बिहानसम्ममा विमानमा रहेका २५ जनाको ज्यान गएको बताएको हो।

">