काठमाडौं। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
झापा, काभ्रेपलाञ्चोक र चितवनमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
झापाको बिर्तामोड नगरपालिका-५ मा गएराति माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। पाँचथरको याङबरक गाउँपालिका-३ का ५० वर्षीय बृखध्वज काङबाङको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको माइक्रो बसले गएराति सवा ९ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडमै रहेको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सवारीसाधनसहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-११, फेदिमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्।
काभ्रेकै मण्डन देउपुर नगरपालिका-११ का ५५ वर्षीय सेतेबहादुर तामाङको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
घाइते भएका अन्य चारजनाको सोही अस्पतालमा उपचारका भइरहेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
पाँचखालबाट मेलम्चीतर्फ जाँदै गरेको बा ३ ख २४७५ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएको हो। ट्रक चालकलाई प्रहरी चौकी पाँचखालले नियन्त्रणमा लिएको छ।
चितवनको भरतपुर महानगरपालिका-१२, टिकौली जंगलमा गएराति ट्रककाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा चितवन रत्ननगरका ३५ वर्षीय पुरेन्द्र गिरी रहेका छन्। दुर्घटनामा परी घाइते भएका गिरीलाई उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएकोमा उपचारको क्रममा गएराति करिब साढे १० बजे मृत्यु भएको हो।
गएराति करिब साढे ९ बजे भरतपुरको टिकौली जंगलस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५ ख १३६४ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको ना ६४ प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी चौकी गोन्द्रङले जनाएको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।झापा, काभ्रेपलाञ्चोक र चितवनमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

">