बुद्धभूमि नगरपालिकाका वडाध्यक्ष खरविन्दको निधन

कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ।

उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन्।

वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

यसअघि गत भदौ १४ गते यसै नगरपालिका-७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्