तनहुँ। तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल-टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन्।
कोभिड-१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाइ सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन्।
शुक्लागण्डकी नगरपालिका-९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थी पढाउन सिकाइ केन्द्र स्थापना गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै विद्यालयले वडाभित्रका विभिन्न टोलमा सिकाइ केन्द्र स्थापना गरेको हो।
वडा शिक्षा समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र शिक्षकहरूको असोज ४ गते बसेको संयुक्त बैठकले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी सङ्ख्याको आधारमा पायक पर्ने ठाउँमा केन्द्र स्थापना गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक ध्रुव वाग्ले क्षेत्रीले जानकारी दिए। रासस
" /> तनहुँ। तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल-टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन्।कोभिड-१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाइ सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन्।

">