काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीका कारण विदेशमा अलपत्र परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएका छन्।
कोभिड-१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहीवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त उक्त संख्यामा नेपाली आएका हुन्।
स्वदेश फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन्। उनीहरू अधिकांश रोजगारीका लागि गएका हुन।
केन्द्रका अनुसार कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ जना आएका छन्।
स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ५४६, २ का ११ हजार ९०९, बागमतीका १८ हजार २४७, गण्डकीका ८ हजार ९७३, प्रदेश ५ का ११ हजार ४५०, कर्णालीका १ हजार ५१८ र सुदूरपश्चिम प्रदेशका १ हजार ७३७ जना छन्।
फर्कनेमध्ये ८हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।
" /> काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीका कारण विदेशमा अलपत्र परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएका छन्।कोभिड-१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहीवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त उक्त संख्यामा नेपाली आएका हुन्।

">