चितवन। भरतपुर महानगरपालिका-१२, टिकौली जंगलमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ नम्बरको ट्रकले ना ६४ प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए।
घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको हो। ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
दुर्घटना शुक्रबार राति ९ः५० बजे भएको हो।
" /> चितवन। भरतपुर महानगरपालिका-१२, टिकौली जंगलमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

">