काठमाडौं। नेपाली सेनामा आजबाट ‘नेतृत्व संवाद–२०७७’ कार्यक्रम सुरु भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रम औपचारिकरुपमा सुरु गरेका हुन्।
“प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, निर्देशनालय तथा आठ वटा पृतनाका पृतनापतिहरु एवं प्रधानसेनापति कार्यालयका स्टाफहरुलाई सहभागी गरी आज कार्यक्रम संचालन गरिएको थियो,” नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विगतका वर्षमा कमाण्डर, स्टाफ र फौजको वीचमा प्रत्यक्ष संवाद गरिँदै आएकोमा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यस पटक कार्यक्रम भिडियो टेलिकन्फ्रेन्स मार्फत सञ्चालन गरिएको थियो।
“नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठनको रुपमा स्थापित गर्दै लैजान तथा नेतृत्व वर्गलाई देश र जनता, सङ्गठन, मातहतका फौज र आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउने हेतुले २०७५ सालबाट ‘नेतृत्व संवाद कार्यक्रम’ सुरु गरिएको हो,” सेनाले भनेको छ।
२०७५ सालमा ‘सैनिक आचरणः संस्थाको अपेक्षा र मेरो जिम्मेवारी’ तथा २०७६ सालमा ‘नैतिकता र सदाचारः नेपाली सेनाको आधार’ मूल सन्देशहरुमा आधारित भई विभिन्न संवाद गरिएको थियो। यस वर्ष ‘सिपाहीको योगदानः राष्ट्र र राष्ट्रवासीको उत्थान’ मूल सन्देश सहित संवादहरू गरिँदैछ।
नेतृत्व संवाद कार्यक्रम प्रधानसेनापतिबाट प्रत्यक्ष मातहतका कार्यालय र विभागीय प्रमुख, पति तथा स्टाफहरुसँग सुरु भई प्रधानसेनापतिको संवादमा सहभागीहरुबाट आफू मातहतका अधिकृत, पदिक तथा अन्यक दर्जासँग तहगत र क्रमिक रुपमा नेपाली सेना भरि नै २०७७ चैत्रभित्र सम्पन्न हुने गरी सञ्चालन गरिने सेनाले जनाएको छ।