महिला प्रहरीमाथि हातपात गर्ने पक्राउ <p>भक्तपुर।&nbsp;डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं गोकर्ण बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका&ndash;३ घर भएका ३२ वर्षीय रेल बहादुर तामाङ लगायत २ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>मध्यपुर ठिमी नगरपालिका&ndash;९ निलबाराही मुलपानी पुलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.४० प ९६०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा प्रहरीमाथि हातपात गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो।</p> <p>साथै घटनामा संलग्न रही फरार सोही मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्