तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
<p>कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ लोहारपुर बस्ने तेज बहादुर ऐरको खाजाघरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय एकिन्द्र सुनार लगायत १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>उक्त खाजाघरमा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। </p>
<p>पक्राउ परेकाहरुबाट नगद २ लाख ४४ हजार १८० रुपैयाँ, १३ वटा तासको गड्डी बरामद गरेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
