फाइल फोटो।
पहिरोमा परेर एक जनाको मृत्यु, ६ जना घाइते <p>नवलपरासी(पूर्व)। बिनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिरस्थित सडकमा पहिरो जाँदा ना५ ख ७९४० नम्बरको बस सडकबाट करिब ३० मिटर तल खस्दा बसमा सवार रुकुम पश्चिम आठबिसकोट गाउँपालिका-१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको छ।</p> <p>उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले केसीलाई उद्धार&nbsp;गरी उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।</p> <p>पहिरोमा परेर घाइते भएका बसमा सवार अन्य &nbsp;६ जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्