हत्या भएको पाँच वर्षपछि आरोपी पक्राउ <p>काठमाडौं।&nbsp;कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुरका &nbsp;२४ वर्षीय रवि कुमार यादवलाइ प्रहरीले पक्राउ गरेको छ।</p> <p>२०७२ बैशाख १५ गते बिहान ललितपुर गोदावरी नगरपालिका-५ लेले फैडोल सामुदायिक वनमा सुनसरी ईटहरी नगरपालिका-४ घर भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।</p> <p>सोही घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मैतिदेवीबाट पक्राउ गरेको हो।</p> <p>अनुसन्धानको क्रममा घटना पश्चात यादव भारतस्थित बैङलोरमा लुकिछिपी बस्दै आएको समेत खुल्न आएको छ।&nbsp;उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्