काठमाडौं। मानवअधिकार र बालबालिकाहरूसँग जोडिएका मुद्दा लड्दै आएका कश्मीरका एक वकिलको गोली हानेर हत्या गरिएको छ। श्रीनगरमा अज्ञात आक्रमणकारीहरूले विहीबार साँझ वकिल बाबर कादरीको हत्या गरेका हुन्।
आफूलाई ज्यानको खतरा रहेको भनेर ट्वीट गरेको तीन दिनपछि ४० वर्षीय कादरीको हत्या भएको हो। एक भारतीय प्रहरी अधिकारीका अनुसार साँझ करिब ६:२५ बजे हावल इलाकामा आतंकवादीहरूले कादरीमाथि गोली प्रहार गरी फरार भएका थिए।
घाइते अवस्थामा कादरीलाई एसकेआईएमएस अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनको मृत्यु भइसकेको घोषणा गरे।
कादरीकी पत्नी र दुई साना छोरी छन्।
इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार कादरी टेलिभिजन बहसहरूमा सहभागि हुन्थे भने स्थानीय पत्रपत्रिकाहरूमा लेख पनि लेख्ने गर्थे। कश्मीर एउटा त्रीपक्षीय विवाद हो, जसमा भारत, पाकिस्तान र कश्मीर संलग्न छन् भन्ने कादरीको विचार थियो।
अलगाववादीका साथै उनी मुलधारका राजनीतिक नेताहरूप्रति पनि प्रश्न उठाउँथे। कादरीको भनाइ थियो- उनी भारत विरोधी नभएरै पनि कश्मीर समर्थक हुन्। उनी जम्मु कश्मीर हाइकोर्ट बार एसोसिएसनका बिरुद्धमा पनि उभिएका थिए र एउटा छुट्टै निकाय लयर्स क्लब कश्मीर गठन गरेका थिए।
तीन दिन पहिलो उनले एउटा स्क्रिनसट ट्वीट गर्दै जम्मुमा उनका बिरुद्ध दुष्प्रचार गर्ने एक फेसबुक प्रयोगकर्तालाई कारबाही गर्न प्रहरीसमक्ष अनुरोध गरेका थिए। कादरीले आफ्नो अन्तिम ट्वीटमा लेखेका थिए, ‘‘म राज्यको प्रहरी प्रशासनसँग शाह नजीरका बिरुद्ध प्राथमिकी दर्ता गर्न अनुरोध गर्दछु। जसले मेरोबारेमा एजेन्सीहरूका लागि काम गरिरहेको भनेर दुष्प्रचार गरिरहेको छ। यस किसिमका भनाइले मेरो जीवनमा खतरा हुन सक्छ।’’
तर उनले लिखितरुपमा प्रहरीसमक्ष औपचारिक उजुरी भने नदिएको बताइएको छ।
राइजिङ्ग कश्मीरका सम्पादक सुजात बुखारीको हत्यालगत्तै कादरीले जुन २०१८ मा प्रश्न उठाएका थिए कि बुखारीमाथि आक्रमण गर्नेहरूसँग सम्बन्धित ब्लगहरू अहिलेसम्म किन चलिरहेका छन् ? उनले भनेका थिए, ‘‘यदि ममाथि केही गलत भयो भने त्यसको जिम्मेवार सैयद सलाहुद्दीन र जेआरएल हुनेछन्। किनभने यूजेसी र जेआरएल दुबैले हिटलिस्टप्रति मौनता साधेर बसेका छन्।’’
यूनाइटेड जिहादी काउन्सिल (यूजेसी) जम्मु कश्मीरमा सक्रिय आतंकी संगठनको एउटा समूह हो। जसका प्रमुख सलाहुद्दीन हुन्। त्यस्तै जोइन्ट रेजिस्टेन्स लिडरशिप (जेआरएल) अलगाववादी संगठनको समूह हो। जसमा मीरवाइज उमर फारुक, सैयद अली शाह गिलानी र यासिन मलिक संलग्न छन्।
कश्मीरका सबै राजनीतिक दलहरूले कादरीको हत्याको निन्दा गरेका छन्। उनीमाथि ज्यानको खतरा रहेको थाहा हुँदाहुँदै सुरक्षा उपलब्धता नहुनुलाई उनीहरूले दुखद भनेका छन्। यसअघि अघिल्लो दिनको राति मात्रै बडगाम जिल्लामा पर्ने खग इलाकाका प्रखंड विकास परिषद्का सदस्य भुपेन्द्र सिंहको पनि गोली हानी हत्या भएको थियो।
(द वायर हिन्दीबाट)