काठमाडौं। ललितपुरको ग्वार्कोमा सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
मृत्यु भएका अन्दाजी ४७ वर्षीय पुरुषको सनाखत हुन बाँकी छ।
हिजो साँझ साढे ६ बजे सातदोबाटोबाट ग्वार्कोतर्फ जादै गरेको अस्थायी नम्बर प्लेटको स्कारपियो भ्यानले पैदल हिँडिरहेका उनलाई ठक्कर दिँदा उछिट्टिएर विपरीत दिशाबाट आउँदै गरेको बा ३५ प ७८ नम्बरको मोटरसाइकलमा ठोक्किँदा दुर्घटना भएको हो।
गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा राति पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ।
घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न भ्यानसहित फरार भएका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।
धादिङको सिद्धलेक गाउँपालिका-६, पिसटारमा हिजो बेलुकी ट्याक्सी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
धादिङकै खनियाबास गाउँपालिका-४ की ४५ वर्षीया विष्णुमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो।
काठमाडौंबाट धादिङबेसी तर्फ जाँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी हिजो बेलुकी पौने ९ बजे सडकबाट अन्दाजी ४० मिटर तल खसेको हो।
घाइते भएका ट्याक्सी चालक सहित चारजनाको राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
सप्तरीको खडक नगरपालिका-५ मा बस र मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते भएका छन्। पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४२२० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको स ११ प ४९७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका-१२, कुसहाका ३१ वर्षीय कृष्ण चौधरी र पछाडि सवार ३१ वर्षकै शम्भु कुमार राउत घाइते भएका हुन्।
घाइतेमध्ये चालकको अवस्था गम्भीर छ। दुवैजनालाई उपचारका लागि ईन्द्रेणी पोलिक्लिनिक खरचुईया लगिएको छ। बस चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी बिसनपुरले जनाएको छ।
काठमाडाैंको कीर्तिपुर नगरपालिका-१० मा हिजो टिपरले ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते भएका छन्। गएराति करिब ११ बजे कीर्तिपुरको टी.यु. गेट नजिक बा ३ ख ५२९३ नम्बरको बालुवा बोक्ने टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा वतन नखुलेका करिब २२ वर्षीय अजय थापा गम्भीर घाइते भएका हुन्।
घाइते थापाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। धादिङ घर भई हाल गुर्जुधारा बस्ने ३४ वर्षीय टिपर चालक गोविन्द राईलाई प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। ललितपुरको ग्वार्कोमा सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।मृत्यु भएका अन्दाजी ४७ वर्षीय पुरुषको सनाखत हुन बाँकी छ।

">