काठमाडौं। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डेबेंसीमा सडकमा पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।
काठमाडौंबाट नुवाकोटतर्फ जाने सवारीसाधन पनि पहिरोकै कारण सञ्चालन हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित ४ किलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन एकतर्फी सञ्चालन गराइएको छ।
पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जोगिमारालगायत विभिन्न स्थानमा खसेको पहिरोको कारण सवारीसाधन एकतर्फी सञ्चालन भइरहेका छन।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ भालटार र ईन्द्रसरोवर गाउँपालिका-२ मा पहिरो खस्दा हेटौडा-सिस्नेरी-काठमाडौं र भिमफेदी-कुलेखानी-काठमाडौं सडकमा दुईतर्फी सवारी आवागमन अवरुद्ध बनेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ।
पहिरोको कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
" /> काठमाडौं। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डेबेंसीमा सडकमा पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।काठमाडौंबाट नुवाकोटतर्फ जाने सवारीसाधन पनि पहिरोकै कारण सञ्चालन हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ।

">