म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले सास्ती पाएका छन्।
१७ भदौ २०७३ रातिको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ घर बगाएको थियो। बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा हरेक बर्खायाममा बेनी-जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ती र झन्झट ब्यहोर्नुपरेको छ।
बेनीका खगेन्द्र भण्डारीले बेगखोलामा पुल नभएका कारण पटकपटक मोटरसाइकलमा यात्रा गर्दा समस्या भोगेको बताए।
कार्यालयको काम विशेषले सदरमुकाम बेनी आएर फर्कने क्रममा दु:ख पाएको टिकोट माविका प्रअ प्रदीप पुन बताउँछन्। रासस
" /> म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले सास्ती पाएका छन्।१७ भदौ २०७३ रातिको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ घर बगाएको थियो। बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा हरेक बर्खायाममा बेनी-जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ती र झन्झट ब्यहोर्नुपरेको छ।

">