काठमाडौं। पहिरोले घर पुरिँदा बेपत्ता भएका पाल्पाको रम्भा गाउँपालिका-२ का पाँचजनाको खोजी तथा उद्धार हुन सकेको छैन।
सदरमुकाम तानसेनबाट खोजी र उद्धारका लागि भनेर खटिएका सुरक्षाकर्मीहरूको टोली पनि पहिरोग्रस्त क्षेत्रमा पुगिनसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बिहीबार बिहानै पहिरोग्रस्त क्षेत्रतर्फ परिचालन भएका थिए।
तर, आर्य भञ्ज्याङदेखि पाहुँ गाउँलगायत क्षेत्रमा गएको ठूल्ठूला पहिरो झरेकाले सडक अवरुद्ध भएपछि उनीहरू बीच बाटोमै रोकिएको जानकारी पाएकाे गाउँपालिका अध्यक्ष भण्डारीले बताए।
“पहिरोले सडक अवरुद्ध धेरै ठाउँमा भएको छ, उहाँहरू पहिरो पन्छाउँदै आउँदै हुनुहुन्छ र आज छिट्टै आइनपुग्नु हुन्छ होला”, उनले देखापढीसँग भने, “हिजो एकछिन खोजी गर्दागर्दै पहिरो फेरि झर्यो र पानी पनि परिरहेपछि थप खोजी भएन।”
बेपत्ता भएकाहरूको हिजो स्थानीयवासी र हुँगी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पहिरो पन्छाउँदै खोजी गरेका थिए। सो क्रममा तन्ना र बिस्तारा फेला परेको अवस्थामा फेरि पहिरो झरेको थियो।
शुक्रबार बिहानदेखि पहिरो पन्छाउँदै खोजी कार्य थालिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।
पहिरोले घर पुरिँदा होमबहादुर गाहा, श्रीमती धनीसरा गाहा, छोरी कृष्णा, नातिनीहरू लक्ष्मी गाहा र खुमीसरा आले बेपत्ता छन्।
पहिरो बिहीबार बिहान करिब साढे ३ बजेतिर खसेको छोरा मनकुमारले बताए।
पहिरोले दुई घर पुरिएको छ। हाेमबहादुरका छोरा मनकुमार, बुहारी भाजीमाया र नातिनी अनुस्का बाँच्न सफल भएका छन्।
" /> काठमाडौं। पहिरोले घर पुरिँदा बेपत्ता भएका पाल्पाको रम्भा गाउँपालिका-२ का पाँचजनाको खोजी तथा उद्धार हुन सकेको छैन।सदरमुकाम तानसेनबाट खोजी र उद्धारका लागि भनेर खटिएका सुरक्षाकर्मीहरूको टोली पनि पहिरोग्रस्त क्षेत्रमा पुगिनसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

">